होमपेज > कृषि विकास बैंकले गर्‍यो सातदोबाटो प्रहरी बिटलाई प्रविधि उपकरण सहयोग

कृषि विकास बैंकले गर्‍यो सातदोबाटो प्रहरी बिटलाई प्रविधि उपकरण सहयोग

बिज्ञापन
बिज्ञापन

कृषि विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको सातदोबाटो प्रहरी बिटलाई प्रविधि उपकरणहरू सहयोग स्वरूप प्रदान गरेको छ। आज बिहीबार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत युपिएस (UPS), इनभर्टर र ब्याट्री हस्तान्तरण गर्दै प्रहरी सेवा प्रवाहलाई पुनः सुचारू, सहज र भरपर्दो बनाउन सहयोग पुर्‍याएको हो।

बिज्ञापन

उक्त कार्यक्रममा बैंकको तर्फबाट उपमहाप्रबन्धक सुशील हुमागाँई, विभागीय प्रमुख बीना शर्मा, वाग्मती प्रदेश निर्देशक चन्द्र बहादुर थापा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, प्रबन्धक बलिराम पुर्वे, युनियनका अध्यक्ष तथा महासचिवसहित अन्य कर्मचारीहरूको उपस्थिति थियो। त्यस्तै, कार्यक्रममा समाजसेवी तथा हास्य कलाकार किरण केसी (राता मकै), अन्य समाजसेवीहरू र प्रहरी नायब उपरीक्षकसहित प्रहरी कर्मचारीहरू समेत सहभागी थिए।

बिज्ञापन

बैंकले यस्ता सहयोगमार्फत सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै, सुरक्षा निकायको सेवा प्रवाहमा प्रत्यक्ष टेवा पु-याउने उद्देश्य राखेको जनाएको छ। साथै बैंकले आगामी दिनहरूमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। सहभागीहरूले प्रहरी प्रशासनको पुनःस्थापना र जनसेवाको निरन्तरताका लागि यस्ता सहकार्य अत्यन्तै उपयोगी हुने धारणा व्यक्त गरेका थिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते