होमपेज > डोङफेङ मोटरद्वारा इजिप्टमा नौ वटा नयाँ मोडेल सार्वजनिक

डोङफेङ मोटरद्वारा इजिप्टमा नौ वटा नयाँ मोडेल सार्वजनिक

बिज्ञापन
बिज्ञापन

चिनियाँ अटोमोबाइल कम्पनी डोङफेङ मोटरले इजिप्टको राजधानी कायरोमा एक विशेष समारोहकाबीच आफ्ना नौ वटा नयाँ मोडेल सार्वजनिक गरेको छ ।

बिज्ञापन

‘ईस्ट विन्ड इनफिनिट वल्र्ड’ भन्ने थिममा इजिप्ट इन्टरनेशनल एक्जिबिसन सेन्टरमा सम्पन्न कार्यक्रममा कम्प्याक्ट एसयूभी, सेडानदेखि लिएर अत्याधुनिक इलेक्ट्रिक तथा हाइब्रिड गाडी प्रस्तुत गरिएका थिए ।

बिज्ञापन

सार्वजनिक गरिएका मोडेलमा मेग आईस, साइन आईस, डोङफेङ बक्स, डोङफेङ ००७, मेग ईभी, भोया फ्री, भोया ड्रीम, भोया पासन र एमहिरो ९१७ जस्ता गाडी समावेश थिए ।

उद्घाटन कार्यक्रममा सरकारी अधिकारी, व्यवसायी तथा अटोमोबाइल प्रेमीको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीले नयाँ डिजाइन नजिकैबाट अवलोकन गर्ने, नवीनतम प्रविधि बुझ्ने र गाडीको प्रत्यक्ष अनुभव लिने अवसर पाएका थिए ।

बिज्ञापन

यससँगै डोङफेङ मोटरले इजिप्टको बजारमा औपचारिक प्रवेश गर्दै आधुनिक मोबिलिटी सोलुसनको बढ्दो माग पूरा गर्न विविध उत्पादनको श्रृङ्खला प्रस्तुत गरेको छ । कम्पनीले परम्परागत गाडी तथा न्यू इनर्जी गाडी दुबै खालका ग्राहक आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य लिएको स्पष्ट भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने र इजिप्टको अटोमोबाइल बजारसँग सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले गरिएको यो लन्च कार्यक्रमलाई महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते