होमपेज > गरिमा विकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

गरिमा विकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

बिज्ञापन
बिज्ञापन

गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाईल बैकिङ् एप “गरिमा डिजि बटुवा” बाट नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ ।

बिज्ञापन

गरिमा विकास बैंकका ग्राहकहरुले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपश्चात आफ्नो मोबाईल बैकिङ एपमा सो सेवा सुचारु गर्न सक्नेछन् । उक्त भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकले फोनपे को कुनै पनि क्युआर कोड र फोन पे नेटवर्कमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

बिज्ञापन

न्यूनतम १० हजार देखि अधिकतम १ लाख रुपैयाँसम्म क्रेडिट सीमा रहेको यस भर्चुअल क्रेडिट कार्डमा भुक्तानीका लागि ग्राहकहरूले अधिकतम ४५ दिनसम्म बिना ब्याज क्रेडिट रकम उपभोग गर्न सक्नुका साथै हिसाब राफसाफमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्पसमेत लिन सक्नेछन् ।

भौतिक रुपमा नभई मोबाईल बैकिङ एपमा भर्चुअल रुपमा उपलब्ध हुने यस सुविधाले ग्राहकलाई थप सुरक्षित र नविनतम अनुभव दिने विश्वास विकास बैंकले राखेको छ ।

बिज्ञापन

हाल गरिमा विकास बैंकका देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते