वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर घटेको देखिएको छ ।
बिज्ञापन
भदौ महिनामा औसत ५.५७७ प्रतिशत रहेको अधिकतम ब्याजदर असोजमा झरेर ५.४६३५ प्रतिशतमा पुगेको छ । यस अवधिमा ब्याजदर ०.११ प्रतिशत विन्दुले घटेको हो । असोजका लागि सार्वजनिक ब्याजदरअनुसार ८ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने १० वटाले यथावत् कायम राखेका छन् । त्यस्तै, २ वटाले भने ब्याजदर बढाएका छन् ।
बिज्ञापन
ब्याजदर घटाउने बैंकमा हिमालयन बैंक, एनआइसी एशिया बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंक रहेका छन् । यीमध्ये प्राइम कमर्सियल बैंक र एभरेष्ट बैंकले समान ०.५० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।
त्यस्तै, स्ट्याण्डर्ड चार्टड बैंकले ०.०५ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशतले ब्याजदर बढाएका छन् ।असोज महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५.२५ प्रतिशत, प्रभु बैंकले ५.३५ प्रतिशत, नबिल बैंकले ५.५ प्रतिशत, हिमालयन बैंक, माछापुच्छे बैंक, एनएमबि बैंक र ग्लोबल आइएमई बैंकले समान ६ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
बिज्ञापन
यस्तै, सिद्धार्थ बैंक, सिटिजन्स बैंक र राष्ट्रिय वाणिज्य बैंकले ५.५ प्रतिशत ब्याजदर निरन्तरता दिएका छन् । ब्याजदरमा आएको यो परिवर्तनले निक्षेपकर्ताको आकर्षण र लगानीकर्ताको मनोविज्ञानमा कस्तो असर पार्ने भन्नेबारे चासो बढेको देखिन्छ ।








