होमपेज > बसपार्कबाट तीनसय बढी सार्वजनिक सवारीसाधन बाहिरिए, जेनजी आन्दोलनले दशैंको टिकट बुकिङ खुल्न सकेन

बसपार्कबाट तीनसय बढी सार्वजनिक सवारीसाधन बाहिरिए, जेनजी आन्दोलनले दशैंको टिकट बुकिङ खुल्न सकेन

बिज्ञापन
बिज्ञापन

काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कबाट आज मात्रै ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन्। ‘जेनजी’को आन्दोलनका कारण पाँच दिनदेखि ठप्प रहेको सार्वजनिक यातायात सेवा आजदेखि पुनः सञ्चालनमा आएपछि यात्रुहरू गन्तव्यतर्फ लाग्न थालेका हुन्।

बिज्ञापन

नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरका अनुसार आज बिहानैदेखि यात्रुवाहक सवारीहरू एकपछि अर्को गर्दै उपत्यका बाहिरिन थालेका छन्। “भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण सार्वजनिक यातायात बन्द हुँदा काठमाडौँमै रोकिएका यात्रुहरू आज बिहानैदेखि गन्तव्यतर्फ जान थालेका छन्,” कुँवरले भने।

बिज्ञापन

उनका अनुसार बिहानैदेखि कर्फ्यू हटेपछि जनजीवन सामान्य बन्दै गएपछि सार्वजनिक यातायात पनि क्रमशः सञ्चालनमा आउन थालेको हो। यसैबीच, नजिकिँदो दसैं पर्वका कारण नयाँ बसपार्कमा यात्रुहरूको चाप बढ्न थालेको छ। यद्यपि, जेनजी आन्दोलनका कारण दशैंको अग्रिम टिकट बुकिङ भने अझै खुल्न सकेको छैन। यसले यात्रुहरूमा अन्योलता थपिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते