होमपेज > जेनजी आन्दोलनको प्रभाव : नेप्से आगामी असोज २ गतेसम्म बन्द रहने

जेनजी आन्दोलनको प्रभाव : नेप्से आगामी असोज २ गतेसम्म बन्द रहने

बिज्ञापन
बिज्ञापन

जेनजी आन्दोलनको बढ्दो प्रभावले पुँजीबजारलाई पनि प्रभावित पारेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज (भदौ २७) एक सूचना जारी गर्दै आगामी साताभर, अर्थात् भदौ २९ देखि असोज २ गतेसम्म, धितोपत्रको दोस्रो बजार कारोबार पूर्ण रूपमा बन्द रहने जानकारी गराएको छ।

बिज्ञापन

यसअघि यही आन्दोलनका कारण यस साता तीन दिन कारोबार स्थगित गरिएको थियो।

बिज्ञापन

नेप्सेले सार्वजनिक गरेको सूचनामा भनिएको छ, “धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९०, उपदफा (१), खण्ड (घ) अनुसार नेपाल धितोपत्र बोर्डबाट मिति २०८२ भदौ २७ गते प्राप्त स्वीकृतिअनुसार, मिति २०८२ भदौ २९ देखि २०८२ असोज २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहनेछ।”

लगानीकर्तामा अन्योल र चिन्ता

बिज्ञापन

बजार लगातार बन्द हुने निर्णयले लगानीकर्ता समुदायमा थप अन्योल उत्पन्न भएको छ। राजनीतिक अस्थिरता र आन्दोलनको दीर्घकालीन प्रभावको आशंका गरिएको छ। विश्लेषकहरूले बजारप्रति विश्वास घट्ने खतरा औंल्याउँदै यथाशीघ्र स्थायित्व ल्याउनुपर्ने सुझाव दिएका छन्।

पछिल्लो समय जेनजी आन्दोलनले मात्र होइन, आर्थिक सुस्तता र नीतिगत अनिश्चितताले समेत बजारमा नकारात्मक प्रभाव पारिरहेको सन्दर्भमा यो थप झट्का साबित भएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते