बिज्ञापन
पछिल्लो समय उत्पन्न विषम परिस्थितिका कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबारसम्मका लागि बन्द गरिएको छ। नेप्सेले बुधबार एक सूचना जारी गर्दै सेयर बजार अस्थायी रूपमा बन्द गरिएको जानकारी दिएको हो।
बिज्ञापन
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार लगानीकर्ताहरूबाट माग आएको र वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै बुधबार र बिहीबार कारोबार स्थगित गरिएको हो।
त्यस्तै, शुक्रबार र शनिबार नियमित रूपमा बजार बन्द हुने भएकाले अब कारोबार आइतबारदेखि मात्र पुनः सुरु हुने बताइएको छ।
बिज्ञापन
यसअघि पनि मंगलबार सेयर बजारमा कारोबार भएको थिएन, जसले गर्दा लगानीकर्ताहरूमा अन्योल उत्पन्न भएको थियो।
नेप्सेले लगानीकर्ताहरूलाई संयमित रहन र आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ। बजार पुनः सञ्चालनमा आएपछि थप सूचना प्रकाशित गरिने बताइएको छ।








