बिज्ञापन
नेपाली सेनाले काठमाडौंको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गर्ने पाँचजनालाई पक्राउ गरेको छ। हालको अस्थिर परिस्थितिको अनुचित फाइदा उठाउँदै बैंक लुटपाटमा संलग्न उनीहरूलाई मंगलबार पक्राउ गरिएको हो।
बिज्ञापन
सेनाले दिएको जानकारी अनुसार, पक्राउ परेका व्यक्तिहरू मंगलबार (भदौ २४) बैंकमा धावा बोलेर सम्पत्ति लुटपाट गरेका थिए। घटनापछि सक्रिय बनेको सेनाको टोलीले तिनलाई पहिचान गरी नियन्त्रणमा लिएको हो।
सेनाले यस्तो विपद् र अव्यवस्थाको समयमा सार्वजनिक तथा निजी सम्पत्तिमा आक्रमण वा क्षति पुर्याउने जोकोहीमाथि कडाइका साथ कारबाही गरिने चेतावनीसमेत दिएको छ।
बिज्ञापन
यसअघि सेनाले यस्ता घटनाको जानकारी तुरुन्त दिन ०१–५९७९२२३ र ०१–५९७९२२४ नम्बर सार्वजनिक गर्दै नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको थियो।








