बिज्ञापन
सोमबार भएको जेन–जी पुस्ताको आन्दोलनलाई राज्यद्वारा दमन गरिएकोप्रति गहिरो पश्चाताप व्यक्त गर्दै कृषिमन्त्री रामनाथ अधिकारीले मंगलबार पदबाट राजीनामा दिएका छन्।
बिज्ञापन
राजीनामासँगै मन्त्री अधिकारीले आन्दोलनप्रति माफी माग्दै भनेका छन्, “देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग कसरी युद्धजस्तो व्यवहार हुन पुग्यो, यसको जवाफ नखोजी सत्तामा बस्नु मेरो लागि सह्य भएन।”
उनले आफूमा “पदीय जिम्मेवारीमा टाँसिरहन अपराधबोध” जागेको भन्दै सरकार समक्ष राजीनामा बुझाएका हुन्। उनले आफ्नो निर्णय नैतिक जिम्मेवारीबोधका आधारमा भएको स्पष्ट पारेका छन्।








