होमपेज > महिला उद्यमशीलताका लागि महिला उद्यमी महासंघ र एनआइएमबी बैंकबीच समझदारी

महिला उद्यमशीलताका लागि महिला उद्यमी महासंघ र एनआइएमबी बैंकबीच समझदारी

बिज्ञापन
बिज्ञापन

नेपालका महिलालाई उद्यम क्षेत्रमा आकर्षित गर्न तथा महिलाद्वारा सञ्चालित व्यवसाय प्रवर्द्धन गर्न महिला उद्यमी महासंघ र नेपाल इन्भेस्टमेन्ट मेगा(एनआइएमबी) बैंकबीच समझदारी भएको छ। मंगलबार एक समारोहका बिच महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवाली र एनआइएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) ज्योतिप्रकाश पाण्डेले समझदारी पत्र(एमओयु)मा हस्ताक्षर गरेका छन्।

बिज्ञापन

एनआइएमबी बैंक सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाण्डेको उपस्थितिमा हस्ताक्षरित समझदारी पत्रमा मूलतः महिलाद्वारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने महिलालाई लक्षित गरिएको छ।

बिज्ञापन

‘यो समझदारीअनुसार हामी दुवै पक्ष देशभरका सबै प्रदेश, जिल्ला, पालिका र वडासम्मका महिला दिदीबहिनीले सुरु गरेका वा सुरु गर्न चाहेका उद्यमलाई बैंक तथा वित्तीय क्षेत्रबाट सहयोग गर्ने, प्रवर्धन गर्ने सहमत भएका छौँ,’ महिला उद्यमी महासंघकी अध्यक्ष ज्ञवालीले भनिन्, ‘यसबाहेक हामी देशभरका दिदीबहिनीहरूसँग वित्तीय साक्षरता अभिवृद्धिमा पनि जोडिएर काम गर्ने भएका छौँ।’

ज्ञवालीले यो समझदारीअनुसार अब महासंघ र एनआइएमबी बैंक मिलेर देशभरका महिलाको उद्यमशीलतामा क्षमता अभिवृद्धि तालिमजन्य कार्यक्रम पनि गर्न लागेको बताइन्।

बिज्ञापन

समझदारी पत्रमा एनआइएमबी बैंकले स्टार्टअप सुरु गर्न चाहने महिलाहरूलाई सहयोग गर्ने, महिला उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा वितरणमा प्राथमिकता दिने, बैंकले आफ्ना शाखामार्फत महिला उद्यमीलाई बैंकिङ सेवा दिनेलगायतका विषय उल्लेख छन्।

समझदारी पत्रमा हस्ताक्षरपछि एनआइएमबी बैंकका अध्यक्ष पाण्डेले आफूहरू सधैँ महिलाद्वारा सञ्चालित उद्यमको प्रवर्द्धनमा काम गरिरहेको बताए। ‘बैंकले सहुलियतपूर्ण महिला उद्यमी कर्जामार्फत लामो समयदेखि यो काम गर्दै आएको छ,’ उनले भने, ‘अब महिला उद्यमी महासंघसँगै सहकार्य गरेर जाँदा हाम्रो काम अझैँ प्रभावकारी हुने र भविष्यमा देशको समृद्धिमा पनि हातेमालो हुने अपेक्षा गरेका छौँ।’

यस्तै महिला उद्यमी महासंघसँग मिलेर महिलालक्षित वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्न लागेकामा आफूहरू उत्साही बनेको बैंकका सिइओ ज्योतिप्रकाश पाण्डेले बताए।

हस्ताक्षर समारोहमा एनआइएमबी बैंकका बागमती प्रदेश प्रबन्धक सृजना पाण्डे र गृष्मा अधिकारी खनाल तथा महिला उद्यमी महासंघकी कार्यकारी निर्देशक अभिलाषा पौडेल पनि उपस्थित थिइन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते