लोकसेवा आयोगको परीक्षा दिने चार नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
बिज्ञापन
सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ इत्रामस्थित रहेको लोकसेवा आयोगको कार्यालयमा सञ्चालन भइरहेको सञ्चार इञ्जिनियर प्राविधिक प्रहरी जवान परीक्षामा नागरिकता र प्रवेशपत्रमा फोटो बदली परीक्षा दिने २५ वर्षीय श्यामशंकर सिंह र २० वर्षीय भरत तिरुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए।
बिज्ञापन
उनका अनुसार सिंह कुशे गाउँपालिका–७ समकोट जाजरकोट निवासी हुन्। उनले छेडागाड नगरपालिका-१२ जाजरकोटकै धर्मराज चनराको सट्टामा परीक्षा दिएका थिए। तिरुवा भगवतीमाई गाउँपालिका–७ दैलखका हुन्। उनले सोही गाउँपालिका–५ का सुशील शाहीको सट्टामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएका थिए। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिई गएको प्रहरी टोलीले चारजनालाई नियन्त्रण थिएको थियो।
आज प्रेस नोट जारी गर्दै सुर्खेत प्रहरीले नियन्त्रणमा लिइएका चारैजनाको लिखत तथा किर्ते कसुरमा अनुसन्धान भइरहेको जनाएको छ।








