होमपेज > वाणिज्य बैंकहरुले कमाए ७१ अर्ब रुपैयाँभन्दा बढी नाफा, कसले कति?

वाणिज्य बैंकहरुले कमाए ७१ अर्ब रुपैयाँभन्दा बढी नाफा, कसले कति?

बिज्ञापन
बिज्ञापन

गत आर्थिक वर्ष २०८१-८२ मा वाणिज्य बैंकहरुले ७१ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । नेपालमा सञ्चालित २० वटा वाणिज्य बैंकहरूले प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका हुन् ।

बिज्ञापन

यो नाफा गत वर्ष सोही अवधिको तुलनामा ४३.३९ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकहरुले ४९ अर्ब ८७ करोड नाफा कमाएका थिए । तथ्यांकअनुसार चार वटाको घट्दा १६ वटा बैंकको नाफा बढेको छ । नाफा घट्नेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एशिया बैंक र सिटिजन्स बैंक रहेका छन् ।

बिज्ञापन

त्यस्तै गत आवमा सबैभन्दा बढी नबिल बैंकले खुद नाफा आर्जन गरेको छ । नबिल बैंकले ७ अर्ब १२ करोड कमाएको छ ।

सबैभन्दा बढी नाफा कमाउनेको दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) रहेको छ । यस बैंकले ६ अर्ब ७५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

बिज्ञापन

सर्वाधिक नाफा कमाउनेको तेस्रोमा रहेको ग्लोबल आइएमई बैंकले ६ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ ।

गत आवमा प्रभु बैंकले ५ अर्ब ४४ करोड नाफा कमाउँदा एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा कृषि विकास बैंकले ४ अर्ब १५ करोड, लक्ष्मी सनराइज बैंकले ४ अर्ब ११ करोड र प्राइम कमर्सियल बैंकले ४ अर्ब २ करोड खुद नाफा कमाएका छन् ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ८१ करोड नाफा कमाउँदा नेपाल बैंकले ३ अर्ब ७७ करोड, सिद्धार्थ बैंकले ३ अर्ब ३९ करोड, एनएमबि बैंकले ३ अर्ब २८ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब २ करोड, सानिमा बैंकले २ अर्ब ५७ करोड, कुमारी बैंकले २ अर्ब ११ करोड र माछापुच्छ्रे बैंकले २ अर्ब १ करोड खुद नाफा आर्जन गरेका छन् ।

गत आवमा नेपाल एसबिआई बैंकले १ अर्ब ८० करोड नाफा कमाउँदा हिमालयन बैंकले १ अर्ब ५१ करोड र सिटिजन्स बैंकले १ अर्ब २९ करोड खुद नाफा आर्जन गरेका छन् । यस अवधिमा एनआईसी एशिया बैंकको गत वर्ष १६ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

७१ अर्ब रूपैयाँ खुद नाफा कमाएको बैंकहरुले १ तिहाइभन्दा कममात्र सेयरधनीलाई लाभांश दिन सक्नेछन् ।

बैंकहरूले खुद नाफाबाट २० प्रतिशत रकम अनिवार्य रूपमा जगेडामा छुट्याउनुपर्छ, त्यसपछि क्यापिटल रिडेम्सन रिजर्भ, संस्थागत सामाजिक उत्तरदायित्व, कर्मचारी तालीम कोषमा पनि रकम छुट्याउनुपर्छ ।

त्यसपछि बक्यौता ब्याज र गैरबैंकिङ सम्पत्तिको आधा रकम नियामकीय जगेडामा राख्नुपर्छ । अन्य विविभ दायित्व समेत हिसाब गरेपछि बाँकी रहेको रकम लाभांशको रूपमा वितरण गर्न सक्छन् ।

तसर्थ ७१ अर्ब ४९ करोड रूपैयाँ खुद नाफा गरेतापनि बैंकहरूले २१ अर्ब ६८ करोड रुपैयाँमात्र वितरण गर्न सक्ने देखिन्छ । वित्तीय विवरणअनुसार सबैभन्दा बढी सञ्चित नाफा वा कुल वितरणयोग्य नाफा ग्लोबल आईएमई र दोस्रो धेरै एभरेष्ट बैंकको छ ।

४ बैंक भने अझै सञ्चित नोक्सानीमा छन् । सबैभन्दा बढी सञ्चित नोक्सानी हिमालयन बैंकको छ । वितरणयोग नाफाका आधारमा सबैभन्दा धेरै लाभांश दिने क्षमता एभरेष्ट बैंकको छ ।

एभरेष्टले ३८.२७ प्रतिशत लाभांश दिने क्षमता राख्दा सानिमा दोस्रो र स्ट्यान्डर्ड चार्टर्ड तेस्रो स्थानमा छ । सञ्चित नोक्सानीमा रहेका बैंकले लाभांश दिन सक्दैनन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते