होमपेज > सामसुङ नेपालद्धारा स्मार्टफोन मर्मतका लागि ‘सामसुङ मनसुन क्यामप’ सुरु

सामसुङ नेपालद्धारा स्मार्टफोन मर्मतका लागि ‘सामसुङ मनसुन क्यामप’ सुरु

बिज्ञापन
बिज्ञापन

मनसुनको मौसमसँगै चिस्यान र पानीका कारण क्षति भई बिग्रिएका मोबाइललाई मर्मत गर्नका निम्ति सामसुङ नेपालले ‘सामसुङ मनसुन क्यामप’ सुरु गरेको छ — जुन ग्राहकलाई स्मार्टफोनको सबैभन्दा संवेदनशील भाग, चार्जिङ पोर्ट, मर्मत गर्न सहयोग गर्ने उद्देश्यले ल्याइएको हो।

बिज्ञापन

यो ग्राहक सेवा अभियान २०२५ अगस्ट २४ सम्म सञ्चालन हुनेछ, जसअन्तर्गत सामसुङ प्रयोगकर्ताहरूले वारंटी भए/नभएको कुराले फरक नपारी, अधिकृत सामसुङ सेवा केन्द्रमा गएर नुक्सान भएको चार्जिङ पोर्ट निःशुल्क परिवर्तन गराउन सक्नेछन्। यद्यपि, चार्जिङ पोर्टको प्रतिस्थापन निःशुल्क हुनेछ, श्रम शुल्क र थप पार्ट्सको लागत ग्राहकले आफैंले व्यहोर्नु पर्नेछ। यो सेवा केवल सामसुङका अधिकृत सेवा केन्द्रहरूमा मात्र उपलब्ध हुनेछ।

बिज्ञापन

सामसुङ नेपालका डेपुटी जनरल म्यानेजर तथा प्रमुख (CS) श्री राजन भट्टराई भन्छन्, ‘सामसुङ नेपालमा हामी हाम्रो ग्राहकलाई मौसम जे भए पनि टेन्सन–फ्री अनुभव दिन प्रतिबद्ध छौं । वर्षामा विशेष गरी चार्जिङ पोर्टमा असर गर्ने चिस्यान र पानीका जोखिमहरू बढ्छन्। त्यसैले
हामी मनसुन क्यामपमार्फत समयमै मर्मत सुविधा दिन चाहन्छौं, ताकि हाम्रा प्रयोगकर्ताले आफ्ना फोन प्रयोग गर्न सकून्।’

सामसुङले सबै प्रयोगकर्तालाई यो सीमित समयको सेवा उपयोग गर्न आग्रह गरेको छ। थप जानकारी तथा नजिकको सेवा केन्द्र पत्ता लगाउनका लागि सामसुङ कस्टुमर केयरमा सम्पर्क गर्न कम्पनिले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते