बिज्ञापन
सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि लमजुङ प्रहरीले बेंसीसहरस्थित मर्स्याङ्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पदमबहादुर रावतलाई पक्राउ गरेको छ । प्रहरीले रावतलाई आइतबार बेंसीसहरबाट पक्राउ गरेको हो ।
बिज्ञापन
रावत सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन व्यवस्थापक, अध्यक्ष र लेखा समितिका पदाधिकारी रहेको थिए । लमजुङ जिल्ला अदालतको अनुमतिमा प्रहरीले सहकारी ठगी मुद्दामा सुनौलो भविष्य सहकारीका वर्तमान अध्यक्ष ऋषिराम अधिकारीसहित १७ जनाविरुद्ध साउन ५ गते र त्यसपछि थप एक जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
रावतविरुद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी सहकारी ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ । यसअघि, गत मङ्सिरमा बेंसीसहरस्थित कालिका बचत तथा ऋण सहकारी संस्थासँग सम्बन्धित ठगी मुद्दामा मर्स्याङ्दी बहुमुखी क्याम्पसका प्रमुख हरिबाबु थापालाई पक्राउ गरिएको थियो ।
बिज्ञापन
सुनौलो भविष्य सहकारीका सञ्चालकहरूले बचतकर्ताको ६ करोड ५४ लाख रुपैयाँ हिनामिना गरेको सहकारी रजिस्ट्रारको कार्यालय पोखराको प्रतिवेदनमा उल्लेख छ ।








