होमपेज > १३.७१ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा

१३.७१ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा

बिज्ञापन
बिज्ञापन

नागरिक लगानी कोष (सीआईटी)ले गत आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

बिज्ञापन

समीक्षा वर्षमा कोषले १ अर्ब २५ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०८०/८१ मा कोषले १ अर्ब १० करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कोषको नाफा १३.७१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कोषको ब्याज आम्दानी २३.७५ प्रतिशतले घटेर ३३ करोड ७४ लाख रुपैयाँमा खम्चिएको छ। अघिल्लो वर्ष कोषको ब्याज आम्दानी ४४ करोड २५ लाख रुपैयाँ थियो।

बिज्ञापन

समीक्षा वर्षमा कोषले सेवा शुल्क तथा कमिसनबापत १ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ४१ करोड १२ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कोषको सेवा शुल्क तथा कमिसनबापतको आम्दानी १७.१७ प्रतिशतले बढेको छ। चुक्तापुँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ रहेको कोषको जगेडा कोषलगाायतका कोषको आकार ०.७७ प्रतिशतले बढेर ३ खर्ब ११ अर्ब ६ करोड ६७ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष ती कोषमा ३ खर्ब ८ अर्ब ६९ करोड ७२ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा कोषको कुल लगानी २ खर्ब ८९ अर्ब १६ करोड ६६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कोषको कुल लगानी २ खर्ब ४३ अर्ब ७२ करोड १८ लाख रुपैयाँ थियो। एक वर्षमा कोषको लगानी १८.६५ प्रतिशतले बढेको छ। समीक्षा वर्षमा कोषको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) सामान्य घटेर १९.३४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २०.७५ रुपैयाँ थियो। लगानीमा प्रतिफल ५.६८ प्रतिशत रहेको कोषको प्रतिशेयर नेटवर्थ १६४.२३ रुपैयाँ रहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते