होमपेज > पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको निधन

पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको निधन

बिज्ञापन
बिज्ञापन

नेपाली कांग्रेसका पुराना नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको ६७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित बस्यालको आज बिहान ८ः५० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३, तातापानीस्थित आफ्नै निवासमा निधन भएको हो।

बिज्ञापन

वि.सं. २००८ माघ १५ गते जन्मिएका स्वर्गीय बस्याल नेपाल दलित संघका पूर्व अध्यक्ष, संविधान सभाका सदस्य (२०६४ र २०७०), नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका पूर्व उपसभापति र नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य पनि थिए। नेपाली कांग्रेस र यसका भ्रातृ संस्थाहरूमा विभिन्न जिम्मेवारी सम्हाल्दै उनले पार्टीको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

बिज्ञापन

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बस्यालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले भने, ‘स्वर्गीय बस्यालले नेपाली कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ। उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।’

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते