होमपेज > प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता, के भयो कुराकानी?

प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता, के भयो कुराकानी?

बिज्ञापन
बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच बुधबार दुईपक्षीय भेटवार्ता भएको छ ।

बिज्ञापन

तुर्कमेनिस्तानको राजधानी अश्गाबातमा भएको भेटवार्तामा नेपाल–तुर्कमेनिस्तानबिचको आपसी सम्बन्ध, क्षेत्रीय सहकार्य र आपसी हितका विविध पक्षहरूमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनअन्तर्गत दक्षिण सहकार्यसम्बन्धी सत्रलाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओलीले सो सम्मेलन अन्तर्गत तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनअन्तर्गत व्यापार तथा वाणिज्यको सहजीकरण र क्षेत्रीय सहकार्यसम्बन्धी राउन्ड टेबलको सहअध्यक्षता पनि गरेका थिए ।

बिज्ञापन

तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू ९एलएलडिसी०को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको साइड इभेन्टका रुपमा हिजो प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै भूपरिवेष्टित मुलुहरुको रूपान्तरण कुनै छनोट नभई आवश्यकता भएकोमा जोड दिएका थिए । हिजो प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्का अध्यक्ष कासिमालिभबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओली साउन १८ गते राति उक्त देशको औपचारिक भ्रमणमा गएका हुन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते