साताको तेस्रो कारोबार दिन शेयर बजार नेप्से परिसुचक ४१.७८ अंकले घटेर २८३३.५७ को विन्दुमा कायम भएको छ ।
बिज्ञापन
नेप्सेमा यसदिन ३२५ कम्पनीको २ करोड २२ लाख ७ हजार १२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३३ करोड माथिको शेयर कारोबार भएको छ ।
बिज्ञापन
आज समाज लघुवित्त वित्तीय संस्था र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका हुन् । वि नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।
थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाए ।
बिज्ञापन
यसदिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ३९ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । दोस्रोमा ट्रेड टावर कम्पनीको ३७ करोड रुपैयाँ र शिवम् सिमेन्टको ३३ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।








