नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न १० जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बिज्ञापन
संस्थाले कुल ९४ हजार ८७० कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो । यो शेयरमा संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।
बिज्ञापन
तोकिएको मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त शेयर बिक्री गरिने संस्थाले जनाएको छ ।








