होमपेज > राप्ती हाइड्रोको अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन?

राप्ती हाइड्रोको अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन?

बिज्ञापन
बिज्ञापन

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले मंगलबार (साउन १३ गते) देखि अवितरित हकप्रद शेयर लिलाम मार्फत बिक्रीमा ल्याउँदैछ ।

बिज्ञापन

कम्पनीले असार १० देखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपियाँका दरले १ः१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयरको बिक्री खुलाएको थियो । उक्त हकप्रदमा जेठ ५ गतेसम्म कायम शेयरधनीले मात्रै आवेदन दिएका थिए ।

बिज्ञापन

रीतपूर्वक आवेदन दिएकाहरू शेयर बाँडफाँट गरिसकिएको र बाँकी रहेको ७ लाख ४ हजार १११ कित्ता शेयर कम्पनीले लिलामी बढाबढ मार्फत बिक्री गर्न लागेको हो । यसमध्ये सर्वसाधारण समूहतर्फको ५ लाख ६४ हजार १० कित्ता लकइनमा नरहेको शेयर हो भने सोही समूहको १ लाख ४० हजार १०१ कित्ता शेयर यही साउन ८ गतेसम्म लकइनमा रहने शेयर हो

प्रतिकित्ता १०० रुपियाँ तोकिएको उक्त शेयर किन्न इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले साउन २० गतेभित्र आफूले के कति दररेटमा लिने हो सोको विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताको माग गर्दै आवेदन दिन सक्नेछन् ।

बिज्ञापन

बोलपत्र आवेदन फाराम मुक्तिनाथ क्यापिटल लिमिटेडको प्रधान कार्यालय नारायणचौर, नक्साल, काठमाडौंका साथै मुक्तिनाथ विकास बैंकका ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुंगा, बागलुङ, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगर कार्यालयमा पाइनेछ भने सोही स्थानमा बुझाउन सकिनेछ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते