होमपेज > एनएमबी बैंकले माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनामा ऋण लगानी गर्ने

एनएमबी बैंकले माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनामा ऋण लगानी गर्ने

बिज्ञापन
बिज्ञापन

एनएमबी बैंकले माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनामा ऋण लगानी गर्ने भएको छ ।

बिज्ञापन

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित २.९ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा लगानी गर्न एनएमबी बैंक र मन्दाकिनी हाइड्रोपावर लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार आयोजनामा एनएमबी बैंकको एकल लगानी रहने छ । उक्त आयोजनाको करिब लागत ६६ करोड १८ लाख ९४ हजार रुपैयाँ रहने बताइएको छ भने बैंकको ऋण लगानी ४६ करोड ३३ लाख २५ हजार रुपैयाँ रहने छ ।

बिज्ञापन

सम्झौताका क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमानै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावरलाई आग्रह गरेका छन् । सीईओ घिमिरेको आग्रहलाई कम्पनीका अध्यक्ष शरद कुमार दाहाल तोकिएको लागत र समयसीमाभित्रै काम सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे । उनले वित्तिय व्यवस्थापनमा सहयोग गरेकामा सीईओ घिमिरे र बैंकलाई धन्यवाद ज्ञापन गरे ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते