होमपेज > सिन्धुपाल्चोकमा भारी वर्षा

सिन्धुपाल्चोकमा भारी वर्षा

बिज्ञापन
बिज्ञापन

सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ।

बिज्ञापन

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोकको नुर्पु गाउँमा पछिल्लो १२ घन्टामा १२३.४ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै भोटाङमा ६४.८ मिलिमिटर, मेलम्चीमा ५५.६ मिलिमिटर, तार्के घ्याङमा ५८.४ मिलिमिटर, ढुंगमेमा ५०.८ मिलिमिटर, बोल्डेमा ४९ मिलिमिटर वर्षा भएको छ। काठमाडौं उपत्यका लगायत देशका अधिकांश स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ।

बिज्ञापन

महाशाखाका अनुसार काठमाडौंको पानीपोखरीमा पछिल्लो १२ घन्टामा ६५ मिलिमिटर वर्षा भएको छ। कपनमा ३६ मिलिमिटर, सुन्दरीजलमा ३० मिलिमिटर वर्षा भएको छ। नुवकोटको ककनीमा ६२.२ मिलिमिटर वर्षा भएको छ। नुवाकोटकै पानसय खोलामा ८५.८ मिलिमिटर वर्षा भएको छ। त्यस्तै इलामको हिमाली गाउँमा ६४ मिलिमिटर, कन्याममा ५८ मिलिमिटर, माइपोखरीमा ५० मिलिमिटर, जितपुरमा ४३.६ मिलिमिटर वर्षा भएको छ।

गण्डकी प्रदेका विभिन्न भू-भागमा पनि पछिल्लो १२ घन्टामा मध्यमदेखि भारी वर्षा भएको छ। लमजुङको घरेढुंगामा ६३.२ मिलिमिटर वर्षा भएको छ। कास्कीको लामापाटनमा ५१.४ मिलिमिटर वर्षा पछिल्लो १२ घन्टामा भएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा पनि वर्षा भएको छ। तराईका भूभागमा भने वर्षा नभएको महाशाखाका वेबसाइटले देखाउँछ।

बिज्ञापन

पूर्वी तराईमा छिटपुट वर्षा भए पनि मध्य र पश्चिम तराईमा वर्षा भएको छैन। वर्षा नहुँदा मधेसमा पानीको हाहाकार छ। मधेस प्रदेशका ८ जिल्लालाई सरकारले संकटग्रस्त घोषणा गरिसकेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते