होमपेज > टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर

टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर

बिज्ञापन
बिज्ञापन

टिकटकले नेपालको सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२५ मा एकमात्र मनोरञ्जन पार्टनरको रूपमा रहनेगरी आधिकारिक साझेदारीको घोषणा गरेको छ ।

बिज्ञापन

सहकार्यले स्थानीय प्रतिभालाई सशक्त पार्ने, सांस्कृतिक पहिचानको संरक्षण र प्रोत्साहन गर्ने र नेपाली युवाहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने टिकटकको प्रतिबद्धतालाई अझ स्पष्ट बनाएको हो । सहकार्य १ जुलाईदेखि १५ सेप्टेम्बर २०२५ सम्म चल्नेछ । जसअन्तर्गत मिस नेपालको एक्सक्लुसिव ब्याकस्टेज मोमेन्ट्सदेखि रेड कार्पेटका झलकहरूसम्मका सम्पूर्ण गतिविधि टिकटकमा एकीकृत गरिनेछ । मिस नेपाल २०२५ लाई आधिकारिक ह्यासट्याग #MissNepal मार्फत टिकटकमा प्रवद्र्धन गरिनेछ । कन्टेन्ट डिस्कभरी र राष्ट्रव्यापी सहभागितालाई बढावा दिनेछ ।

बिज्ञापन

‘मिस नेपालसँगको यो सहकार्य हाम्रो निरन्तर प्रयासको हिस्सा हो, जसले स्थानीय प्रतिभालाई उजागर गर्न र समुदायका कथाहरूलाई सिर्जनात्मक, समावेशी र प्रेरणादायी तरिकाले प्रस्तुत गर्न मद्दत गर्दछ,” टिकटकका दक्षिण एशियाका लागि कन्टेन्ट अपरेशन्स लिड उमाइस नविदले भने, “नेपालको सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको मनोरञ्जन पार्टनर बन्दै हामी देशको सांस्कृतिक र सिर्जनात्मक इकोसिस्टममा हाम्रो भूमिकालाई गहन बनाउँदैछौं र नेपाली आवाजलाई स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा चम्किन मञ्च पनि प्रदान गर्दैछौ ।’

मिस नेपाल एक्सपिरियन्समा टिकटक क्रिएटरहरूलाई पनि विशेष पहुँच दिइनेछ । उनीहरूले बिहाइन्ड–द–सीन कन्टेन्ट र कल्चरल कोलाबोरेसनहरू सिर्जना गर्नेछन् । प्रतियोगीका कथाहरूलाई अझ व्यापक दर्शकसम्म पु¥याउने छ र अभियानको पहुँचलाई बढाउने छ । प्रत्येक वर्ष आयोजना हुने मिस नेपाल, नेपालको प्रमुख राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो, जसले नेपाली महिलाहरूको नेतृत्व विकास, आत्मविश्वास र अन्तर्राष्ट्रिय पहिचानलाई अगाडि बढाउने अवसर प्रदान गर्दछ ।

बिज्ञापन

यस सहकार्यमार्फत, टिकटकले यस वर्षका प्रतियोगीहरूका शशक्त कथा, तयारीका क्षणहरू र सिर्जनात्मक अभिव्यक्तिहरूलाई प्रस्तुत गर्दै आफ्नो प्लेटफर्ममा नेपाली समुदायलाई सक्रिय रूपमा संलग्न गराउनेछ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते