होमपेज > बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बिज्ञापन
बिज्ञापन

चितवनमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगर नगरपालिका–३ शान्ति चोकमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

बिज्ञापन

खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ च ०५१० नम्बरको तरकारी बोक्ने बोलेरोले गएराति टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको बा.प्र.०६–००१ प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र।०३–००१ ख ३३६५ नम्बरको रात्रि बसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

बिज्ञापन

गाडीको ठक्करबाट मोटरसाइकल चालक चितवनको कालिका नगरपालिका २ बस्ने ३५ वर्षीय मुकुन्द कँडेल गम्भीर घाइते भएका थिए । उनको भरतपुर अस्पतालमा उपचारका क्रममा राती १ः१९ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक खनालले बताए ।

दुर्घटनामा बोलेरो चालक कास्की लेखनाथ नगरपालिका २७ वस्ने ३० वर्षीय हुमेस लामगाले र सोही बोलेरो धनी कास्की माछापुच्छ्रे गाउँपालिका ३ बस्ने ३४ वर्षीय ध्रुवराज पोखरेल सामान्य घाइते भएका छन्। प्रहरीले चालकसहित बोलेरो र धनीलाई नियन्त्रणमा लिएको जनाएको छ । बसमा सामान्य क्षति भएको छ भने यात्रुहरूलाई गन्तव्यतर्फ पठाइएको छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते