होमपेज > त्रिभुवन विश्वविद्यालय पटकपटक किन बन्द ?

त्रिभुवन विश्वविद्यालय पटकपटक किन बन्द ?

बिज्ञापन
बिज्ञापन

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सरकारको उदासीनता र अकर्मण्यताका कारण त्रिभुवन विश्वविद्यालय पटकपटक बन्द हुने गरेको आरोप लगाएका छन् ।

बिज्ञापन

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद भण्डारीले विश्वविद्यालयको व्यवस्थापन र शैक्षिक सुधार गर्न सरकार असफल भएको बताए । पछिल्लो समय विकसित भएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारतिर पाठ्यक्रम बनाउन ढिला गर्न नहुने उनले बताए ।

बिज्ञापन

‘हाम्रा विद्यार्थीहरूले फार्मेसी, इन्जिनियरिङ पारामेडिकल लगायतका विषयहरू पढ्न चाहन्छ । हामी त्यस्ता कार्यक्रमहरू किन ल्याउन सक्दैनौं रु,’ उनले भने, ‘सरकारले यसको बारेमा किन काम गर्दैन रु यो आजको सबैभन्दा ठूलो सवाल हो । यहाँ सबै युवाहरू पलायन हुन भनेर दलालहरूसँग मिलेर कुनै पनि कार्यक्रमहरू ल्याइँदैनन् ।’ उनले सबै प्रकारको पेसामा आधारित शिक्षा सार्वजनिक विश्वविद्यालयबाटै दिएर आर्थिक कमजोरीका कारण पढ्न नपाउन अवस्था अन्त्य गर्नुपर्ने बताए ।

‘सरकार छ, मन्त्रालयहरू छन्, विज्ञहरू छन् । त्रिभुवन विश्वविद्यालय सधैँ बन्द किन भइरहन्छ? किन सरकारले खोल्न सक्दैन ? विश्वविद्यालयले नयाँ कार्यक्रमहरू ल्याउन सक्दैन ?,’ भण्डारीले प्रश्न गरे । विश्वबजारमा प्रतिष्पर्धा गर्नसक्ने सक्षम जनशक्ति विकास हुनेगरी विश्वविद्यालयको सुधार गर्न आवश्यक रहेको बताउँदै उनले जिम्मेवार र कर्तव्यहिन सरकारका कारण शिक्षा क्षेत्र ध्वस्त भएको उल्लेख गर्दै रुलिङ गर्न माग गरे ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते