सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारीतर्फ जाँदै गरेको भे १ ख ३९९४ नम्बरको गाडी बिहीबार दिँउसो सल्यानको कुमाख गाउँपालिका २ नेटा नजिकै बढाइज्युलामा दुर्घटनामा परेको हो।
बिज्ञापन
नेटा नजिकैको माथिल्लो सडकको मोडबाट गाडी दुर्घटना भएर करिब २५ मिटर तल सडकमा पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता बाबुराम बस्नेतले जानकारी दिए ।
बिज्ञापन
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ। अनियन्त्रित भएको गाडी दुर्घटनामा परेको र घटनाबारे अनुसन्धान भइरहेको सल्यान प्रहरीले जनाएको छ । घाईतेको उद्धार कार्य सुरु भएको उनले बताए।








