होमपेज > धितोपत्र बोर्डबाट शिवश्री हाइड्रोपावरले पायो हकप्रद शेयर निष्कासनको अनुमति

धितोपत्र बोर्डबाट शिवश्री हाइड्रोपावरले पायो हकप्रद शेयर निष्कासनको अनुमति

बिज्ञापन
बिज्ञापन

शिवश्री हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ ।

बिज्ञापन

कम्पनीले साउन ४ गते, आइतबार बोर्डबाट अनुमति प्राप्त गरेको हो । सिन्धुपाल्चोक जिल्लाको चाकु खोलामा निर्मित यो हाईडोपावरले नियमित बिद्युत उत्पादन गरिरहेको छ । शिवश्री हाइड्रोपावरले हालको चुक्ता पूँजी एक अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १०० प्रतिशत हकप्रद शेयर ( १.१ अनुपातमा ) निष्कासन गर्ने स्वीकृति पाएको छ । यसको अर्थ, शेयरधनीले एक कित्ता बराबर थप एक कित्ता हकप्रद शेयर खरिद गर्न सक्नेछन्। सिटिजन्स क्यापिटल यस हकप्रद निष्कासनको बिक्री प्रबन्धकको रूपमा रहेको छ ।

बिज्ञापन

शिवश्री हाइड्रोपावर लिमिटेड कम्पनी ऐन २०६३ अन्तर्गत नेपालमा दर्ता भएको र निगमित सीमित कम्पनी हो । २७ मंसिर २०७३ मा पब्लिक लिमिटेडमा रूपान्तरण भएको थियो । कम्पनीले २२.२ मेगावाट जडित क्षमताको परियोजना निर्माणको लागि माथिल्लो चाकु ‘ए’ जलविद्युत परियोजनाको लागि उत्पादन इजाजतपत्र प्राप्त गरेको थियो । २२ भदौ २०६७ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते