होमपेज > मिस ग्राण्ड नेपाल २०२५ को उपाधि चाहाना प्रधानलाई

मिस ग्राण्ड नेपाल २०२५ को उपाधि चाहाना प्रधानलाई

बिज्ञापन
बिज्ञापन

मिस ग्राण्ड नेपाल २०२५ को उपाधि रामेछापकी चाहाना प्रधानले जितेकी छिन् ।

बिज्ञापन

देशभरबाट प्रतिस्पर्धामा उत्रिएका दुई दर्जन बढी प्रतिस्पर्धीलाई उछिन्दै चाहानाले उपाधिसहित इभी स्कुटर हात पार्न सफल भएकी छिन् । त्यस्तै गरिमा गुरुङले मिस टुरिजम वर्ल्ड नेपाल २०२५, स्नेहा केसीले मिस सुपर ग्लोबल नेपाल २०२५ तथा सञ्जना गुरुङले मिस ग्राण्ड युनिभर्स नेपाल २०२५ को उपाधि हात पार्न सफल भएका छन् ।

बिज्ञापन

सो अवसरमा चाहनासहित चारै विजेताहरूलाई नगद पुरस्कार, आकर्षक गिफ्ट ह्याम्पर, उपलब्ध गराइएको थियो । फरक फरक विधामा छानिएका चार विजेताहरूले नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउने अवसर प्राप्त गर्ने आर के इन्टरटेन्मेन्ट ग्रुपका निर्देशक राम केसीले जानकारी दिए । कार्यक्रममा देशभरका युवा प्रतिभाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपालको प्रथम उपराष्ट्रपति सम्माननीय परमानन्द झा, सभापति राजु रहँदा निर्णायकका रुपमा गीता गुरुङ, मिस पबी, सुस्मी कडेल, प्रमिला सिलवाल, आस्था शाखा, नवराज कोइराला तथा ग्रान्ड जजको रूपमा राम हरि सिलवाल रहेका थिए। उनीहरूले सौन्दर्य मात्र होइन, व्यक्तित्व, आत्मविश्वास, सामाजिक सोच, र सांस्कृतिक ज्ञान र जनताले दिएको भोटको आधारमा प्रतिस्पर्धीहरूको मूल्याङ्कन गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी, फेसन डिजाइनर, कलाकार तथा सौन्दर्य र सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते