एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीलाई डिम्याट (हितग्राही) खाताको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।
बिज्ञापन
कम्पनीले एनआईसी एशिया बैंक र क्यापिटलका विभिन्न शाखा मार्फत असार मसान्तसम्म डिम्याट खाता खोलेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्क यही साउन १५ गतेभित्र बुझाउन भनेको छ । सेवाग्राहीले प्रत्येक आर्थिक वर्षको १०० रुपियाँका दरले नवीकरण शुल्क बुझाउनुपर्नेछ ।
बिज्ञापन
लष्mद कष्मभदबचसाथै, वार्षिक शुल्क भुक्तानी नगरेका हितग्राहीको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने र मेरो शेयरसमेत निष्क्रिय गरिने कम्पनीले जनाएको छ । साथै, मेरो शेयर प्रयोगकर्ताले मेरो शेयर लगइन गरी विद्युतीय भुक्तानी माध्यमबाट समेत शुल्क बुझाउन सक्नेछन् ।
त्यस्तै,आजीवन डिम्याट खाता नवीकरण ९९९ रुपियाँ र मेरो शेयर खाता १ हजारमा रुपियाँमै आजीवन नवीकरण योजनाको सुविधा लिई वार्षिक रूपमा नवीकरण गर्ने झन्झटबाट मुक्त हुन सकिने पनि कम्पनीले जनाएको छ ।








