नेपालका लागि होण्डा मोटर कम्पनीको आधिकारीक बितरक स्याकार ट्रेडिङ कम्पनी (प्रा) लि.ले नेपालमा प्रो होण्डा जेनुईन ईन्जिन आयललाई नयाँ Global HONDA Brand को रुपमा भित्र्याइ बिक्री बितरण शुरु गरेको छ ।
बिज्ञापन
होण्डा मोटर कम्पनीले मोटर साईकल र अन्य पावर प्रडक्ट्स उत्पादनहरुका लागि बिकशित आधुनिक र बिश्वस्तरीय यो ईन्जिन आयल ब्राण्डको उद्देश्य होण्डाका सबै प्रयोगकर्ताहरुलाई आफ्नो सवारी तथा पावर प्रडक्ट्सका लागि गुणस्तरीय जेनुईन ईन्जिन आयल सुबिधा पु¥याउनु हो ।
बिज्ञापन
प्रो होण्डा आयल सवारीको इन्जिन लामो समयसम्म टिक्न र वातावरणमा प्रदुषण कम गर्न मद्दत पुगोस् भनेर तयार गरिएको छ । यसको नयाँ प्रविधिले इन्जिनभित्रको घर्षणलाई कम गर्छ, जसले गर्दा गाडीमा पेट्रोल कम खपत हुने र मर्मत गर्न लाग्ने खर्चमा पनि कमी आउँछ। यति मात्र होइन, यसमा खिया लाग्न नदिने विशेष गुण भएकाले यसले इन्जिनका पाटपुर्जाहरूलाई खियाबाट जोगाउँछ र समग्रमा इन्जिनको आयु अझ बढाउँछ।
स्याकार ट्रेडिङ कम्पनीका अनुसार, प्रो होण्डा आयल वातावरणमैत्री हुनुका साथै आर्थिक भार पनि कमगर्ने भएकाले सवारी धनीहरूका लागि यसको प्रयोग गर्नु अत्यन्तै लाभदायक हुनेछ। इन्जिनलाई सुरक्षित राख्नुका साथै प्रो होण्डा आयलले इन्जिनको कार्यक्षमता समेत बढाउने कुरामा कम्पनी विश्वस्त रहेको छ। प्रो होण्डा आयल विभिन्न गुणस्तरीय भेरियन्टहरूमा उपलब्ध छन् ।
बिज्ञापन
यसमा १० डब्लु ३० एमए नेपाल १ लिटर, त्यसपछि १० डब्लु ३० एमबी नेपाल ०.८ लिटर, त्यसैगरी ५ डब्लु ३० एमए नेपाल ०.६ लिटर, साथै ५ डब्लु ३० एमबी नेपाल १ लिटर, र अन्तमा होण्डा हाई पर्फमेन्स इन्जिन आयल एसएई १० डब्लु ३० रहेका छन्।
यस नयाँ र गुणस्तरीय उत्पादनको लन्च संगै होण्डाले नेपालका सवारी साधन धनीहरुलाई उत्कृष्टआयलको अनुभब प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः दाहो¥याएको छ । “प्रो होण्डा आयल” ले नेपाली बजारमा सवारी साधनको ईन्जिनमा सुधार ल्याउने र ग्राहकहरुको बिश्वास जित्ने अपेक्षा गरिएकोछ ।
स्याकार ट्रेडिङ¨ कम्पनी प्राइभेट लिमिटेड नेपालमा होण्डा मोटर कम्पनीको बिगत ५५ बर्ष भन्दा अघि देखि आधिकारीक बितरक हो । यसले देशभरि होण्डाका उच्च गुणस्तरका उत्पादनहरु र उत्कृष्ट बिक्री पश्चात सेवाहरु प्रदान गर्दै आएको छ, जसले नेपाली ग्राहकहरु माझ होण्डाको लोकप्रियतालाई निरन्तर बढाएको छ ।








