होमपेज > सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २९ औं वार्षिकोत्सव सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २९ औं वार्षिकोत्सव सम्पन्न

बिज्ञापन
बिज्ञापन

सगरमाथा लुम्बिनी इन्स्योरेन्स ‘सलिको’ कम्पनीले आफ्नो २९ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। कम्पनीले २९ वर्ष पूरा गरी ३० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विविध कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो।

बिज्ञापन

वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सिआरएस) अन्तर्गत देशका विभिन्न स्थानहरूमा सहयोगमूलक कार्यक्रमहरू सञ्चालन गरेको छ। काठमाडौंमा रक्तदान कार्यक्रम र निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरिएको छ। त्यस्तै, गण्डकी, लुम्बिनी र कोशी प्रदेश कार्यालयले मानव सेवा आश्रममा सहयोग हस्तान्तरण गरेका छन् भने मधेश प्रदेश कार्यालयले आमाको माया छात्रावासमा बालबालिकालाई भोजन प्रदान गर्ने कार्यक्रम सञ्चालन गरेको छ।

बिज्ञापन

२९औं वार्षिकोत्सवको सुखद अवसरमा कम्पनीले आफ्ना समस्त ग्राहक, शेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभचिन्तकहरूलाई हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० चंकी क्षेत्री, नायव प्रमुख कार्यकारी अधिकृत वरिष्मा साउद आचार्य, नायब महाप्रवन्धक कविराज पौडेल, दाबी विभाग प्रमुख सुवास दिक्षित लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आफ्नो सामाजिक जिम्मेवारीसँगै व्यवसायिक प्रतिबद्धता पनि पूरा गर्दै आइरहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते