होमपेज > आजदेखि शाइन रेसुङ्गा बैंकको ऋणपत्र बिक्रीमा

आजदेखि शाइन रेसुङ्गा बैंकको ऋणपत्र बिक्रीमा

बिज्ञापन
बिज्ञापन

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आज असार ३२ गतेदेखि १० वर्ष अवधि र वार्षिक ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र ‘शाइन रेसुङ्गा डिबेञ्चर’ बिक्री खुला गरेको छ।

बिज्ञापन

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। सोमध्ये ६ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी रहेको ४ लाख कित्ता ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई बाँडफाँड गरी अन्त्यमा ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गरेको हो।

बिज्ञापन

यसमा आवेदन दिंदा कम्तीमा २५ कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा ५ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। निष्कासन बन्द छिटोमा साउन ४ गते हुनेछ तर उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा साउन १४ गतेसम्म लम्बिनेछ। ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

यो ऋणपत्रको १० वर्षे अवधि समाप्त भएपछि ऋणपत्रको साँवा र अन्तिम किस्ताको तिर्न बाँकी ब्याज रकम एकमुष्ठ भुक्तानी हुनेछ। ऋणपत्रमा आर्जित ब्याजदर प्रत्येक आर्थिक वर्षको पुस मसान्त र असार मसान्तपछि लगानीकर्तालाई दिइनेछ। ऋणपत्रबाट आर्जित पूँजीको ६० प्रतिशत कर्जामा, २५ प्रतिशत सरकारी ऋणपत्र, ट्रेजरी बिल्स आदिमा र बाँकी १५ प्रतिशत शेयर तथा अन्यमा लगानी गर्ने बैंकले जानकारी दिएको छ।

बिज्ञापन

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकसमेत रहेको लाजिम्पाटस्थित एनआइएमबि एस क्यापिटल लिमिटेड, कालिकानगर बुटवलस्थित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र नेपाल धितोपत्र बोर्डका साथै सी–आस्बा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालय र मेरो शेयर एप प्रयोग गरी आवेदन दिन सक्नेछन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते