माछापुच्छ्रे क्यापिटल लिमिटेडले विभिन्न शेयरधनीको नाममा रहेको कुल १ लाख १२ हजार ३७० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बिज्ञापन
यो शेयर क्यापिटलकै हाल कायम विद्यमान शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र क्यापिटलको केन्द्रीय कार्यालय बागदरबार, काठमाडौंमा आफूले खरिद गर्न चाहेको मूल्य र शेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ ।
बिज्ञापन
तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेको खण्डमा भने उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने क्यापिटलले जनाएको छ ।








