वरिष्ठ अधिवक्ता महेश कुमार नेपाल न्याय परिषद् सदस्य पदमा नियुक्त भएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई न्याय परिषद् सदस्य पदमा नियुक्त गरेका हुन् ।
बिज्ञापन
नेपालको संविधानको धारा १५३ को उपधारा (९) को खण्ड (घ) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भोजपुरस्थित भोजपुर नगरपालिका वडा नम्बर ८ का नेपाललाई न्याय परिषद् सदस्य पदमा राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् ।
बिज्ञापन









