होमपेज > इक्रा नेपालद्धारा सलिकोलाई ‘इक्रा आईआरे ए’ रेटिङ प्रदान

इक्रा नेपालद्धारा सलिकोलाई ‘इक्रा आईआरे ए’ रेटिङ प्रदान

बिज्ञापन
बिज्ञापन

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले ‘ए’ रेटिङ पाएको छ ।

बिज्ञापन

इक्रा नेपालले सलिकोलाई ‘इक्रा आईआरे ए’ रेटिङ प्रदान गरेको हो । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा राम्रो सुरक्षा रहेको संकेत गर्छ । संस्थाको क्रेडिट जोखिम न्यून हुन्छ ।

बिज्ञापन

रेटिङ कम्पनीको समग्र वित्तीय विश्वसनीयताको मूल्यांकन हो, जसले लगानीकर्ता र ऋणदातालाई अपेक्षाकृत सुरक्षित ठान्न प्रेरित गर्छ । उक्त रेटिङ कुनै विशेष ऋण साधनका लागि नभई कम्पनीको समग्र वित्तीय विश्वसनीयता (क्रेडिटयोग्यता)को मूल्याङ्कन मात्र हो।

सलिकोे साविकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको कम्पनी हो । यी दुई कम्पनी मर्जपछि बृहत् सञ्चालन र सुदृढ बजार उपस्थिति मुख्य आधार बनेको इक्रा नेपालले जनाएको छ ।

बिज्ञापन

मर्जपछि सलिकोले कुल सम्पत्ति र बजार हिस्सा विस्तार गर्दै बीमा क्षेत्रमा प्रमुख स्थान बनाएको छ । २.७६ गुणाको सोल्भेन्सी अनुपात, सेइलिन्को होल्डिङ्स पीएलसी जस्ता संस्थागत लगानीकर्ता र अनुभवी व्यवस्थापनको उपस्थिति कम्पनीको मजबुत पक्ष मानिएको छ ।

कम्पनीको व्यापार विस्तारमा निकै जोड दिएको छ । बीमा प्राधिकरणले हालै प्रकाशन गरेको गत जेठ मसान्तसम्मको विवरवण अनुसार कम्पनीको व्यवसाय ४ अर्ब ५० करोड ३७ लाख रुपैयाँ कायम भएको छ । कम्पनीले ११ महिनामा कुल २ लाख ५४ हजार ४५४ वटा बीमालेख जारी गरेको छ ।

कम्पनीका प्रमुख शेयरधनी श्रीलंकास्थित सेइलिन्को होल्डिङ्स पीएलसी (११.४ प्रतिशत) छ । यस्तै, लुम्बिनी विकास बैंकको ४.२ प्रतिशत, मनोहर दास मूल ४.१ प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड ३.५ प्रतिशत शेयर स्वामित्व छ । निर्जीवन बीमा सलिको दोस्रो पोजिशनमा छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते