होमपेज > सुदूरपश्चिमका विभिन्न ठाउँमा लगातार भारी वर्षा, डुबानको जोखिम

सुदूरपश्चिमका विभिन्न ठाउँमा लगातार भारी वर्षा, डुबानको जोखिम

बिज्ञापन
बिज्ञापन

सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा आइतबारदेखि लगातार भारी वर्षा भइरहेको छ। बेलौरी, कृष्णपुर र धनगढी क्षेत्रमा अत्यधिक पानी परिरहेकाले डुबानको जोखिम बढेको छ। स्थानीय बासिन्दालाई सतर्क रहन सुरक्षाकर्मीहरूले आग्रह गरेका छन्।

बिज्ञापन

कञ्चनपुर जिल्लाका अधिकांश स्थानमा लगातार पानी परिरहेको छ भने डडेल्धुराको जोगबुढा क्षेत्र, डोटी र कैलालीका चुरे पहाडमा परेको वर्षाले त्यहाँबाट बग्ने खोलानदीमा पानीको बहाव बढेको छ। यसबाट तलका बस्तीहरूमा जोखिम उत्पन्न भएको हो। स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू उच्च सतर्कताका साथ परिचालनमा छन्। नागरिकहरूलाई नदी किनार, खोला आसपास र डुबान हुने स्थानहरूमा नजान आग्रह गरिएको छ।

बिज्ञापन

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म प्रदेशको कुनै स्थानमा ठुलो क्षति पुगेको खबर भने प्राप्त भएको छैन । यद्यपि मौसमले थप प्रभाव पार्न सक्ने भएकाले सतर्कता आवश्यक रहेको प्रहरीको भनाइ छ। मौसम पूर्वानुमान महाशाखाले पनि सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागमा अझै केही समय वर्षा जारी रहने पूर्वानुमान गरेको छ। महाशाखाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते