कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सभामा प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट पारित भएको छ ।
बिज्ञापन
शुक्रबार बसेको प्रदेशसभा बैठकले सरकारले गत असार १ गते प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको हो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा प्रस्तुत गरेको कूल बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख (५२ प्रतिशत) र पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ (४७.७ प्रतिशत) विनियोजन गरिएको छ ।
बिज्ञापन








