नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ ।
बिज्ञापन
सुन आज तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ४०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
बिज्ञापन
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।








