सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँट भएको छ ।
बिज्ञापन
कम्पनीले निष्कासन गरेको २७ प्रतिशत हकप्रद शेयर बाँडफाँट भएको हो । कम्पनीले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । उक्त शेयर खरिदका लागि १ करोड ४ लाख ७१ हजार ५९२ कित्ताका लागि आवेदन परेको छ ।
बिज्ञापन
कुल निष्कासन गरेको शेयरमा २ लाख २४ हजार ७२८ कित्ताका लागि आवेदन नपरेको अर्थात् बिक्री नभएको देखिन्छ । उक्त बिक्री नभएको बाँकी शेयर अब कम्पनीले लिलामीमा ल्याउनेछ ।







