होमपेज > ३५ रुपैयाँ मूल्य पर्ने पानीलाई सय रुपैयाँमा बेचेपछि जिम्बु थकालीलाई तीन लाख जरिबाना

३५ रुपैयाँ मूल्य पर्ने पानीलाई सय रुपैयाँमा बेचेपछि जिम्बु थकालीलाई तीन लाख जरिबाना

बिज्ञापन
बिज्ञापन

वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाण्डौको शान्तिनगरमा रहेको जिम्बु थकालीलाई तीन लाख रुपैयाँ जरिबाना तिराएको छ । अङ्कित मूल्यभन्दा दोब्बर मूल्यमा मिनिरल वाटर (बोतलको पानी) बेचेको भन्दै विभागले जिम्बु थकालीलाई तीन लाख रुपैयाँ जरिबाना तिराएको हो ।

बिज्ञापन

जिम्बु थकालीले उपभोक्ताहरूलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई एक सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेलसहितको टोलीले छड्के अनुगमन गरी रेस्टुरेन्टमा अनुगमन गरेको थियो । महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताउनुभयो । रेस्टुरेन्टले अब पनि अङ्कित मूल्यभन्दा बढीमा पानीलगायतका कुनै पनि वस्तु बेचेको पाइएमा रेस्टुरेन्ट सिलबन्दी गर्ने उहाँको भनाइ छ ।

बिज्ञापन

महानिर्देशक पौडेलले चाडपर्व लक्षित विभागको सात वटा टोली बजार अनुगमनमा रहेको बताउनुभयो । उहाँले आवश्यकताका आधारमा उपभोक्ताहरू ठगीबाट जोगाउनका लागि विभागले बजार अनुगमनलाई तीव्रता दिएको उल्लेख दिनुभयो । काठमाण्डौ उपत्यकासहित देशभर पालिकामार्फत बजार अनुगमनलाई तीव्र पारिएको उहाँको भनाइ छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते