नेपाली बजारमा आज मंगलबारको दिन सुनको मूल्य घटेको छ ।
बिज्ञापन
सुन आज तोलामा एक हजार ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
बिज्ञापन
त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला दुई हजार १६० रुपैयाँमा किनबेच भइरहेको छ ।








