होमपेज > सांग्रिला डभलपमेन्ट बैंकले मुस्ताङको स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गर्‍यो अक्सिजन कन्सेन्ट्रेटर

सांग्रिला डभलपमेन्ट बैंकले मुस्ताङको स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गर्‍यो अक्सिजन कन्सेन्ट्रेटर

बिज्ञापन
बिज्ञापन

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँमा रहेको स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई स्वास्थ्य सामग्री ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको छ ।

बिज्ञापन

हस्तान्तरण कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक, जोमसोम शाखाका प्रबन्धक टासी थकालीले स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रकी अनमी आशमाया परियार तथा वडा सदस्य वीरप्रसाद थकाली लगायतलाई ‘अक्सिजन कन्सेन्ट्रेटर’हस्तान्तरण गर्नुभयो ।
उक्त अवसरमा शाखा प्रबन्धक थकालीले, बैंकले प्रत्येक वर्ष विभिन्न संघ संस्था र बिद्यालयहरूमा स्वास्थ्य तथा शैक्षिक सामग्री तथा छात्रवृत्ति उपलब्ध गराउँदै आएको र यो क्रमलाई आगामी दिनमा पनि जारी राख्ने बताउनुभयो । स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रकी अनमी परियारले ‘अक्सिजन कन्सेन्ट्रेटर’ले विशेषगरी दम र निमोनियाका विरामीको उपचारमा सहयोग पुग्ने बताउनुभयो ।

बिज्ञापन

उहाँले स्वास्थ्य संस्थाका लागि अति आवश्यक रहेको ‘अक्सिजन कन्सेन्ट्रेटर’ उपलब्ध गराएकोमा सांग्रिला डेभलपमेन्ट बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा घरपझोङ गाउँपालिका वडा नम्बर ३ का सदस्य थकालीले स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रको आवश्यकतालाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री उपलब्ध गराएर नागरिकको स्वास्थ्य उपचारमा सांग्रिला डेभलपमेन्ट बैंकले ठुलो योगदान गरेको बताउनुभयो ।

आम नागरिकको विश्वास र भरोसाका कारण यस साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते