होमपेज > थप नयाँ फिचर्सका साथ बीवाइडीको नयाँ मोडल बीवाइडी डल्फिन २०२५ नेपालमा सार्वजनिक, कति पर्छ मूल्य?

थप नयाँ फिचर्सका साथ बीवाइडीको नयाँ मोडल बीवाइडी डल्फिन २०२५ नेपालमा सार्वजनिक, कति पर्छ मूल्य?

बिज्ञापन
बिज्ञापन

नेपाली बजारमा बिवाइडीको डल्फिन २०२५ मोडल सार्वजनिक भएको छ। नेपालमा बिवाइडीको आधिकारिक विक्रेता साइमेक्स इङ्कले नयाँ भर्जनको डल्फिन आज आइतबार नक्सालस्थित बिवाइडीको सोरुममा सार्वजनिक गरेको हो।

बिज्ञापन

बिज्ञापन

कार्यक्रममा साइमेक्स इङ्कका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले हाम्रो कम्पनीले हरेक पटक ग्राहकहरुलाई नयाँ दिने कोसिस गरिरहेका छौं। यो पटक डल्फिनमा नयाँ टेक्नोलोजीको विकास भएको लिथियम आयाेन फोसफेट ब्याट्री उपलब्ध छ। नेपाली सडकमा बिवाइडीका २ हजार ५०० युनिट कुदिरहेका बताइन्।

बिज्ञापन

सार्वजनिक गरेको गाडीमा एनएफ्सी कि लेस इन्ट्री पनि छ। जसले मोबाइलबाटै भेहिकल स्टार्ट अन अफ गर्न सकिन्छ। डल्फिन २०२५ को मूल्य ४१ लाख १५ हजार तोकिएको छ। बिवाइडी डल्फिनमा ४४ दशमलव ९ किलोवाट आवर क्षमता ब्याट्री प्रयोग गरिएको छ। एक पटकको फूल चार्जमा ध डब्लुएल्टिपि साइकल अनुसार ३४० किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ। क्याबिनमा १२ दशमलव ८ इन्चको घुम्ने टच स्क्रिन इन्फोटेनमेन्ट प्रणाली छ। सामान राख्नकाे लागि बुट स्पेस ३४५ लिटर छ। जुन पछाडिका सिटहरु फोल्ड गर्दा १३१० लिटरसम्म विस्तार गर्न सकिन्छ। सार्वजनिक डल्फिनको बाहिरी भागमा केही सामान्य परिमार्जनहरू गरिएका छन्।

छ वटा एयरब्याग, फर्वार्ड कोलिजन वार्निङ, ट्राक्सन कन्ट्रोल प्रणाली, अटो होल्थ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडेप्टिभ क्रुज कन्ट्रोल प्रविधि बिवाइडी डल्फिनमा छ। साथै लेन डिपार्चर वार्निङ, लेन किपिङ सपाेर्ट, रियर फ्रेस ट्राफिक अलर्ट जस्ता फिचरहरू पनि छन्।  बिवाइडी डल्फिनले युरो एनक्याप सुरक्षा परीक्षणमा फाइभ स्टार प्राप्त गरेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते