होमपेज > प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र चिरायु हस्पिटलबीच रणनीतिक साझेदारी

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र चिरायु हस्पिटलबीच रणनीतिक साझेदारी

बिज्ञापन
बिज्ञापन

सुलभ, गुणस्तरीय स्वास्थ्य सेवा तथा जीवन बीमा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटबीच रणनीतिक साझेदारी भएको छ ।

बिज्ञापन

सम्झौता अनुसार चिरायु हस्पिटलले प्रभु महालक्ष्मी लाइफका कर्मचारी, अभिकर्ता, शेयरधनी तथा तिनका आश्रित परिवार सदस्यलाई विशेष छुट सुविधा प्रदान गर्नेछ। उक्त रणनीतिक साझेदारीका लागि सम्झौतापत्रमा प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र चिरायु हस्पिटलका अपरेसन निर्देशक चन्द्रेश्वर एनआर वैद्यले हस्ताक्षर गरेका छन्। हस्ताक्षर समारोहमा प्रभु महालक्ष्मी लाइफका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने तथा चिरायु हस्पिटलका व्यवसाय विकास अधिकारी बसन्त खनालको उपस्थिति रहेको थियो ।

बिज्ञापन

सम्झौतामा नेपालको स्वास्थ्य सेवाको आपूर्ति र वित्तीय सुरक्षाबीचको अन्तरलाई कम गर्दै कर्मचारी, अभिकर्ता, शेयरधनी तथा सर्वसाधारण समुदायलाई व्यापक लाभ पुर्याउने विश्वास र प्रतिबद्धता राख्ने दुवै कम्पनीले जनाएका छन्।

चिरायु हस्पिटलले बेड चार्जमा १५ प्रतिशत, हस्पिटलभित्रको परीक्षण सेवामा १० प्रतिशत तथा औषधि खरिदमा ५ प्रतिशत छुट दिनेछ । साथै, काठमाडौं उपत्यकाभित्र निःशुल्क एम्बुलेन्स सेवा र सिफारिस भएका बिरामीलाई सेवाअनुसार १० प्रतिशतदेखि २५ प्रतिशतसम्म विशेष छुट पनि प्रदान गरिने हस्पिटलले जनाएको छ।

बिज्ञापन

सम्झौताबमोजिम चिरायु हस्पिटलमा कार्यरत कर्मचारीलाई प्रभु महालक्ष्मी लाइफले विभिन्न बीमा योजना प्रदान गर्नेछ। बीमाको प्रिमियम चिरायु हस्पिटलले भुक्तान गर्नेछ । यस पहलले चिरायु हस्पिटलका कर्मचारीको वित्तीय सुरक्षा र सर्वांगीण कल्याण सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

गुणस्तरीय तथा सुलभ सेवा प्रदान गर्ने साझा उद्देश्यसहित स्थापित यस साझेदारीले स्वास्थ्य तथा बीमा क्षेत्रबीचको सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत हुने विश्वास गरिएको छ । यस ऐतिहासिक साझेदारीले आगामी दिनमा स्वस्थ र सुरक्षित समाज निर्माणमा योगदान दिने विश्वास गरिएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते