नेशनल लाइफ इन्स्योरेन्सले ३७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बिज्ञापन
साधारण सभाले हाल कायम चुक्तापुँजीको १० प्रतिशतका दरले हुन आउने ५२ करोड १२ लाख १३ हजार ३०८.२० रुपैयाँ बराबरको नगद लाभांश र ५ प्रतिशतका दरले हुन आउने २६ करोड ६ लाख ६ हजार ६५४।१० रुपैयाँ बराबरको बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको छ ।
बिज्ञापन
यसैगरी शेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशतका दरले ४ करोड ११ लाख ४८ हजार ४१८.७० रुपैयाँ लाभांशबाट समायोजन गर्ने प्रस्ताव समेत साधारण सभाले अनुमोदन गरेको छ । चकम्पनीको हालको चुक्तापुँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ रुपैयाँ छ। बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ नाघ्नेछ।
साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ । सोही साधारण सभाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ । साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा सम्पन्न भएको हो ।







