आज असार ५ गते बिहीबार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ६५ प्रतिशत हकप्रद शेयर सुरक्षित गर्नेअन्तिम दिन रहेको छ ।
बिज्ञापन
यस कम्पनीले हकप्रद शेयर बिक्री प्रयोजनका लागि असार ८ गते बुक क्लोज गर्दैछ । असार ६ / ७ गते क्रमशः शुक्रबार र शनिबार परेकाले यी दुवै दिन शेयर कारोबार नहुने भएकाले हुँदैन आजसम्म कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउने छन् ।
बिज्ञापन
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले २४ लाख १४ हजार १०० कित्ता शेयर बिक्री गर्न अनुमति पाएको हो । प्रतिकित्ता १०० रुपैयाँको दरले कुल २४ करोड १४ लाख रुपैयाँ बराबरको हकप्रद शेयर जारी हुनेछ । कम्पनीको हालको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ ।








