सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साढे २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । कम्पनीले आज शुक्रबार एक सूचना जारी गर्दै २ लाख ४९ हजार ७७३ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको जानकारी दिएको हो ।
बिज्ञापन
कम्पनीका विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्रीमा राखिएको कम्पनीले जानकारी दिएको छ । उक्त शेयर विद्यमान संस्थापक, अन्य व्यक्ति र संस्थाका लागि बिक्रीमा राखिएको हो । इच्छुकले शेयर खरिदका लागि १५ गतेभित्र आवेदन दिनुपर्ने छ । कम्पनीको केन्द्रीय कार्यालयमा गएर आवेदन दिन सकिने जनाइएको छ ।
बिज्ञापन
कम्पनीले उक्त शेयर संस्थापक शेयरधनीहरूका लागि मात्रै यसअघि बिक्रीमा राखेको थियो । संस्थापकहरूबाट आवेदन नपरेपछि सबैका लागि बिक्री खुला गराइएको हो ।







