होमपेज > प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने

प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने

बिज्ञापन
बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली स्पेनको सेभिल सहरमा हुने ‘विकासका लागि वित्त पोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा भाग लिन त्यसतर्फ जाने भएका हुन् ।

बिज्ञापन

उनी असार १५ गते एक हप्ताका लागि स्पेन जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा हुने लागेको सो सम्मेलनमा विभिन्न ४० वटा देश सहभागी हुने बताइएको छ । सम्मेलनमा ती देशका सरकार प्रमुख, अर्थमन्त्री, वित्तीय संस्थाका प्रतिनिधि, विकास साझेदार र नागरिक समाजका अगुवाहरूको सहभागिता हुने बताइएको छ ।

बिज्ञापन

सम्मेलनको उद्देश्य विश्वव्यापी विकास लक्ष्य हासिल गर्न आवश्यक स्रोत परिचालन गर्ने, वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने, ऋण व्यवस्थापन सुधार गर्ने तथा सार्वजनिक–निजी साझेदारीमार्फत दिगो विकासका कार्यक्रमहरूलाई सशक्त बनाउने रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

नेपालले विकासका लागि अपनाएका रणनीतिहरू, दिगो आर्थिक वृद्धि र समावेशी वित्तीय पहुँचको विषयमा धारणा राखिने स्रोतले जनाएको छ । सम्मेलनको अवसरमा उनले विभिन्न राष्ट्रप्रमुख र अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते