लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ (२०२३/२४) को काबिन उत्सजिन प्रतिवेदन साविजर्नक गरेको छ । यसले वातावरण
संरक्षण र जलवायु पारदर्शिताप्रति बैंकको प्रतिवद्धतालाई पुन: पुष्टि गरेको छ । जिम्मेवार बैंकिङको विश्वव्यापी अभ्यासहरू
अपनाउने पहल अन्तर्गत यो प्रतिवेदन बैंकको दिगोपन सम्बन्धी वृहत कार्यदिशाको एक पाटो हो ।
बिज्ञापन
काबिन अकाउन्टिङ फाइनान्टियल (PCAF) पद्धतिको अनुसार तयार पारिएको प्रतिवेदनले बैंकको ऋण पोटिफोर्लयोका प्रमुख
क्षेत्रहरूसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण निर्धारण गर्दछ। मूल्याङ्कन गरिएका पोटिफोर्लयोहरूबाट सो आर्थिक वर्षमा कुल उत्सर्जन २०२,०१३.४२ टन CO2 बराबर (tCO2e) रहेको थियो ।
बिज्ञापन
-पोटिफोर्लयो अनुसार उत्सर्जन निम्न अनुसार रहेका छन्:
-व्यापार कर्जा (Business Loans): १९०,२९३.४२ tCO2e
– पररयोजना र्वत्त (Project Finance) – (जलर्वद् युि बाहेक): ७०५ .५६ tCO2e
– गाडी कर्जा (Motor Vehicle Loans): १,५२८.९८ tCO2e
-घर कर्जा (Mortgage Loan): ९,४८५.४६ tCO2e
बिज्ञापन
त्यस्तै बैंकको जलविद्युत परियोजनाहरूमा लगानीहरुले अनुमानित २०,३४७.११ tCO2e बराबरको कार्बन उत्सर्जन रोक्न योगदान
पुर्याउदै बैंकको स्वच्छ र नवीकरणीय ऊर्जा समाधानहरूको प्रतिको प्रतिबद्धतालाई थप जोड दिएको छ ।
सन्२०४५ सम्ममा नेपालको नेट शून्य उत्सर्जन (Net Zero Emission) लक्ष्य अनुरूप, बैंकले ग्रीन फाइनान्स ऊर्जा सदुपयोगी
कर्जाहरु तथा वातावरणीय जोखम व्यवस्थापन जस्ता प्रयासहरु विस्तार गदैआइरहेको छ । साथै बैंकले आफ्ना कार्यसञ्चालन र
ग्राहक सेवासम्बन्धी प्रणाली तथा अभ्यासहरूमा थ्रीआर दृष्टिकोण (3R – Reduce, Reuse, Recycle) लाई प्रोत्साहन गदैआएको छ।
यही योजना अन्तर्गत बैंकले चालु आर्थिक वर्षमा १०,००० रूख रोप्ने साहसी पहल ‘मिसन १०००० (Mission 10K)’ पनि सञ्चालन
गरेको छ। यस अन्तर्गत हालसम्म लगभग ७,५०० रूखहरू रोपिइ सकेको छ। यसले जलवायु प्रति बैंकको प्रतिबद्धतालाई वास्तविक, मापनयोग्य कार्यमा बदल्नु पर्ने बैंकको विश्वासलाई थप सुदृढ पारेको छ।
यसलाइ निरन्तरता दिँदै भविष्यमा बैंकलेआफ्नो कार्बन उत्सर्जनको मापनमा थप पारदर्शिरता र जवाफदेहिता सुनिश्चित गर्न थप
कर्जाका वर्गहरु पनि समावेश गर्ने लक्ष्य राखेको छ। यी कार्यहरू लक्ष्मी सनराइज बैंकको दिगोपन रणनीतिको अर्भन्न अंग बन्न
गएको छ।
रिपोर्ट हेर्नका लागि यँहा क्लिक गर्न सक्नुहुनेछ: https://www.laxmisunrise.com/pcaf-partnership-for-carbon-accounting- financials-report-2023-2024/








