काठमाडौं-हेटौंडा जोड्ने कान्ती लोकपथ बुधबारदेखि चार दिन बन्द रहने भएको छ।
बिज्ञापन
जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सूचना जारी गरी उक्त सडकखण्ड जेठ २४ गतेसम्म बन्द रहने जानकारी गराएको हो। बागमती खोलामा निर्माणधीन बेलीब्रिज जडान कार्यका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गर्नका लागि कान्ती लोकपथ सडक योजनाले पत्राचार गरेको थियो।
बिज्ञापन
सो आधारमा यातायात चार दिनका लागि बन्द गरिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले विज्ञप्ती जारी गरी जानकारी दिएका छन्। सो अवधिमा हेटौडा काठमाडौं वा काठमाडौं-हेटौडा यात्रा गर्नुपर्ने सवारी साधनहरूले अन्य वैकल्पिक मार्ग (कुलेखानी-कलंकी-हुमाने वा कुलेखानी-सिस्नेरी फर्पिङ सडक)को प्रयोग गर्न पनि प्रशासनले अनुरोध गरेको छ।








